पोखराको मिरुवा खुल्यो नयाँ इभि चार्जिङ स्टेशन
  • प्रमुख खबर

Oplus_131072

पोखरा ।।
पोखरा -२, मिरुवामा “EV-GO” FAST CHARGING STATION गरिएको नयाँ इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।

विगत लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले बिहीबार उक्त चार्जिङ स्टेशनको एक कार्यक्रमकाबीच शुभारम्भ गरेका हुन् ।

सो चार्जिङ स्टेशनको शुभारम्भ गर्दै उनले यस स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् ।

उनका अनुसार यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०% देखि ८०% सम्म चार्ज गर्न सक्ने जानकारी दिए ।

यस्तै एकैपटक ४ वटा इलेक्ट्रिक गाडीहरू द्रुत गतिमा चार्ज गर्न सकिने सुविधा रहेको श्रेष्ठले बताए ।

विषेशगरी यात्रुहरूको सहजताका लागि आफुहरुले यात्रुहरूको सहजताका लागि यो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको उनले बताए ।

त्यस्तै आवश्यकता अनुसार आउने दिनमा यसको माग हेरेर नै थप अन्य चार्जरहरू जडान गर्ने योजना रहेको समेत उनले बताए ।

यो चार्जिङ स्टेशन विशेष गरी बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूका साथै कुस्मा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथ जाने यात्रुहरूलाई लक्षित गरेर बनाइएको उक्त कम्पनीले जनाएको छ ।

सो कम्पनीका अनुसार चार्जिङ स्टेशनमा आधुनिक डिजिटल डिस्प्ले र प्रयोगकर्ता-अनुकूल इन्टरफेससहितको चार्जर जडान गरिएको छ।

पछिल्लाे समय पोखरामा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो चार्जिङ स्टेशनले दिगो यातायात र वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्