मौसम पूर्वामुमान: देशभर केही ठाउँमा वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।।
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले भने धेरै ठाउँको मौसम आंशिक बदली छ । गएराति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्