“द टप इन्ड टी-२०” सिरिजमा खेल्न नेपाली टिमकाे
  • प्रमुख खबर

काठ्माडाैं ।।

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने “द टप इन्ड टी-२०” सिरिजमा खेल्ने टिमको टुंगो लागेको छ । प्रतियाेगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुँदैछ ।

यस प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुँदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुँदैछन् ।

नेपालले १५ अगष्टमा एनटी स्ट्राइकसँग, १६ अगष्टमा बंगलादेशसँग, १८ मा मेलवर्न स्टार्ससँग, १९ मा होबर्ट हुरिक्यान्ससँग, २० मा मेलवर्न रेनेगेड्स र २२ अगष्टमा पाकिस्तानसँग खेल्ने तालिका रहेकाे छ ।

२०२२ देखि भएको सुरु भएको यस प्रतियोगिता हालसम्म तीन पटक आयाेजना भईसकेकाे छ । सुरुवातमा ५ टिमबाट सुरु भएको यो प्रतियोगितामा यस पटक भने ११ टिमले सहभागीता जनाउने आयोजकले जनाएकाे छ।

यस प्रतियोगिता लगत्तै नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० सिरिज खेल्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्