कास्कीले जित्याे अन्तर शाखा फुटसल प्रतियोगिताकाे उपाधि
  • प्रमुख खबर

पाेखरा ।।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाकाे २५ औं स्थापना दिवसकाे अवसरमा आयाेजित अन्तर शाखा फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ।

पत्रकार महासंघ बागलुङ शाखाका तीन टिमसहित म्याग्दी, पर्वत र कास्की शाखाको सहभागिता रहेको उक्त फुटसल प्रतियोगितामा कास्की शाखाले आयाेजक बागलुङ शाखाकाे टिमलाई ६–५ गोल अन्तरले पराजित गर्न सफल भएको हाे ।

मंगलबार सम्पन्न यस प्रतियोगितामा उपाधि जितेकाे कास्कीले ट्रफी, मेडल र प्रमण- पत्र प्राप्त गरेको कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिएका छन् ।

कास्कीले समूह चरणपछि क्वार्टरफाइनलमा बाई पाएको थियो भने सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो।

उता, बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै फाइनलमा प्रवेश गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्