फिफा रैंकिङमा नेपाल एक स्थान तल झर्दै १७६औं स्थानमा, दक्षिण एसियामा भारत अगाडि
  • प्रमुख खबर

पोखरा//

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको पछिल्लो रैंकिङमा नेपाल पुरुष फुटबल टोली एक स्थान तल झरेको छ। अघिल्लो महिना हङकङसँग गोलरहित बराबरी र लाओससँग २-१ को हार ब्यहोरेको नेपालको वरीयता घटेर अब १७६औं स्थानमा पुगेको हो।

नेपाललाई हराएको लाओस भने ५ स्थान सुधार गर्दै १८५औं स्थानमा उक्लिएको छ।दक्षिण एसियाली देशहरूमा नेपाल तेस्रो स्थानमा कायम छ। भारत भने पछिल्लो प्रदर्शनका कारण ६ स्थान तल झरेर पनि क्षेत्रको शीर्ष स्थानमा छ। उसले हालै हङकङसँग १-० र थाइल्यान्डसँग २-० को हार व्यहोरेको थियो।

दोस्रो स्थानमा रहेको माल्दिभ्स पनि ७ स्थान तल झरेर १७१औं स्थानमा पुगेको छ।बंगलादेश १ स्थान तल झरेर १८४औं स्थानमा, भुटान ४ स्थान झरेर १८६औं स्थानमा पुगेका छन्। श्रीलंका भने ४ स्थान सुधार गरी १९६औं स्थानमा पुगेको छ। पाकिस्तान ३ स्थान तल झरेर पछाडि परेर २०१औं स्थानमा छ।

विश्व रैंकिङमा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्