काठमाडौं ।।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मधेश खेलकुद परिषद्, मधेश प्रदेशका नव नियुक्त सदस्य-सचिव शिवजी प्रसाद कानुलाई स्वागत गरेका छन् ।
राखेप सदस्य सचिव घिसिङले मधेश खेलकुद परिषद्का
सदस्य-सचिव कानुलाई स्वागत गर्दै प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरूको भूमिका महत्वपूर्ण रहेको
बताएका छन् ।
उनले मधेश प्रदेशमा खेलकुदको विकास र विस्तारका लागि केन्द्र र प्रदेशबीच सहकार्य आवश्यक रहेको धारणा समेत राखे ।
संविधान अनुसार प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव स्वतः राखेपका सदस्य हुने प्रावधान रहेको छ। सोही आधारमा सदस्य–सचिव कानु अब राष्ट्रिय खेलकुद परिषद्को सदस्यको हैसियतले समेत काम गर्नेछन्।













