लुम्बिनी प्रदेशका नवनियुक्त खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले लिए पद तथा गोपनियताको शपथ
  • प्रमुख खबर

Oplus_0

लुम्बिनी ।।

लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थितिमा पाण्डेलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् । यसअघि यस मन्त्रालयलाई मुख्यमन्त्रीले सम्हालेका थिए ।

पाण्डे मन्त्री नियुक्त भएपछि उनको दलकभित्र विवाद उब्जिएको छ। संसदीय दलका उपनेता कन्हैया बानियाले संसदीय दलमा कुनैपनि छलफल नगरी र निर्णयविना पाण्डे मन्त्री नियुक्त भएको आफूहरुले सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।

पाण्डे यसअघि प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन्। उनलाई सत्तालोलुप नेताको आरोप छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्