साफ यू१७ च्याम्पियनसिप”मा सहभागिता जनाउन खेलाडी छनौट प्रक्रिया सुरू
  • प्रमुख खबर

Oplus_131072

पोखरा ।।
श्रीलंकामा आयोजना हुने “साफ यू १७ च्याम्पियनसिप”मा सहभागिता जनाउन पोखरामा यू–१७ पुरूष फुटबलको छनौट सुरू भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले खेलाडी छनौट सुरू गरेको हो । उक्त खेलाडी छनौट प्रतियोगिता पोखरा रंगशाला स्थित फुटबल खेल मैदानमा भैरहेको छ।

यस छनौट प्रतियोगितामा गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ९ जिल्लाका २ सय ५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको छ ।

यसबाट गण्डकीका उत्कृष्ट ४० जना खेलाडीहरुलाई केन्द्रिय छनौटका लागि काठमाडौं पठाइने गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङले जानकारी दिएका छन् ।

उनका अनुसार बंगालादेशमा हालै सम्पन्न यू–२० महिला साफ च्याम्पियनसिपमा समेत गण्डकी प्रदेशबाट ५ जना खेलाडी राष्ट्रिय टिममा पर्न सफल रहेको बताउँदै यस छनौट प्रतियोगितामार्फत समेत राष्ट्रिय टोलीमा पर्ने गरी खेलाडी छनौट गरिने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्