प्रशान्त राईले जिते एसियन कुराँश च्याम्पियनसिपमा कास्य पदक
  • प्रमुख खबर

श्रावण १८ गते, आइतबार
पाेखरा ।।
दक्षिण कोरियामा जारी एसियन कुराँश च्याम्पियनसिप २०२५ मा नेपालका प्रशान्त राईले कास्य पदक प्राप्त गरेका छन् ।

पुरुषतर्फकाे जुनियर ४२ केजी ताैल समुहमा राईले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका हुन् । उनकाे याे जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई पुनः गौरव गराएकाे छ।

कुराँस कुस्ती शैलीको मार्शल आर्ट खेल हाे । याे उजबेकिस्तानबाट उत्पत्ति भएको एक पारम्परिक खेल हो, जुन एशियाली मुलुकहरूमा पछिल्लो समय लोकप्रिय हुँदै गएको छ।

यो प्रतियोगिता एशियाली खेलकुद महासंघ अन्तर्गत नियमित रूपमा आयोजना हुने महत्वपूर्ण च्याम्पियनसिप हो।

नेपालमा भने यस खेल विस्तारोन्मुख अवस्थामा छ। नेपाल कुराश संघ मार्फत यहाँका विभिन्न ठाउँहरुमा यो खेल सञ्चालन हुँदै आइरहेकाे छ।

नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप, तथा अन्य प्रतियोगिताहरूमा समेत भाग लिँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्