श्रावण २८, पोखरा ।।
विगतका वर्षहरूमा जसै यस वर्ष पनि लामाचौर तीज महोत्सव भव्य हुने भएको छ । लामाचौरमा अवस्थित नवआदर्श सामुदायिक विकास समाजले पोखरामा रहेर तिज मेला संगै सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएको छ ।
यस संगै संस्थाले नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् ।
भलिबलको अर्को इभेन्ट अन्तरमावि छात्रा भलिबललाई एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरिसकेको छ । भने महोत्सवको पहिलो दिन अन्तरमहिला समूह तीज गीत प्रतियोगिता सुरु हुनेछ भने दोस्रो दिन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने अध्यक्ष भण्डारीले बताएका छन् ।













