जेनजी प्रदर्शनमा पोखरामा ५ जना लाग्यो गोली, ३० घाइते
  • प्रमुख खबर

Oplus_131072

भाद्र २३, पोखरा ।।
पोखरामा भइरहेको जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ५ जना घाइते भएका छन् । यस्तै उक्त प्रदर्शनमा ३० जना घाइते समेत भएका छन् ।

घाइतेहरुको अहिले पोखराको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । विषेशगरी जेनजी युवाहरुको उक्त प्रदर्शनको मुख्य कारण दुई वटा पक्षमा केन्द्रित रहेको छ ।

प्रमुख कारण भनेको दीर्घकालीन रुपमा फैलिएको भ्रष्टाचार साथै पारदर्शिताको अभाव र अर्को सरकारले हालै लागू गरेको सामाजिक सञ्जालहरू(फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युब) आदि बन्द गर्ने निर्णयका विरुद्ध रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्