कम्युनिस्ट एकताको दिशामा विप्लवको कदम, प्रवक्ता विश्वकर्मा नेतृत्वमा वार्ता टोली
  • प्रमुख खबर

Oplus_131072

भाद्र २९, काठमाडौं ।।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले माओवादी केन्द्रसहितका कम्युनिस्ट शक्तिसँग एकता र ध्रुवीकरणका लागि पहल गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको छ।

यही भदौ २३ देखि २५ गतेसम्म कपिलवस्तुमा बसेको पार्टी केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाउने निर्णय गरेको हो।

टोलीका अन्य सदस्यमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन्।

यसअघि साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि नेकपादेखि अन्य वाम शक्तिसम्मसँग एकताको प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्