क्षेत्री समाज पोखरा १६ ले त्रिदेवी मन्दिर परिक्रमा साथै कलश यात्रा, शुभकामना आदानप्रदान गर्ने
  • संजय थापा

असोज ०८, पोखरा ।।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षेत्रीय एकता आजको आवश्यकता भन्ने मूल उद्घोषका साथ क्षेत्रीय समाज नेपाल वडा कार्यसमिति पोखरा १६ कास्कीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यही असोज १३ गते फुलपातीको दिन त्रिदेवी चण्डीका अम्बिका कालिका माताको मन्दिर परिक्रमा तथा कलश यात्रा शुभकामना आदानप्रदान साथै चिया एवं आरती कार्यक्रम गर्ने भएको छ। मङ्गलबार पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समाज वडा कार्यसमिति पोखरा १६ का अध्यक्ष रामशरण बानियाँले देशमा भएको जनजीको प्रदर्शनले देशभरी नै अशान्ति फैलिएको हुँदा देशमा शान्ति छाओस् भन्दै कलश यात्रा गर्न लागेको बताए साथै उनले १४ गते मङ्गलबार अष्टमीको दिन बेलुका ६ बजेदेखि ७ बजेसम्ममा कालिका मन्दिर परिसरमा नवदुर्गा भगवानको आराधना गर्दै साथै जेन्जी प्रदर्शनमा देशप्रति आफ्नो ज्यान समर्पण गर्नुहुने सहिदहरूप्रति भावपूर्ण सम्झना सहित आरती प्रज्वलन गर्ने बताए ।

कार्यक्रममा क्षेत्री समाज वडा कार्यसमिति १६ कास्कीका निवर्तमान अध्यक्ष र क्षेत्रीय समाज कास्की जिल्लाका कोषाध्यक्ष सन्दीप थापाले त्रिदेवी मन्दिर चण्डिका अम्बिका र कालिका माताको मन्दिरमा परिक्रमा २०७९ सालदेखि यस कार्यक्रमलाई अगाडि बढाई यहाँसम्म लिएर आउन पाउनु नै अहो भाग्यमानी रहेको बताए । थापा भन्छन् समाजका लागि केही गर्नुपर्छ साथै आफ्नो धर्म संस्कार संस्कृति सबैलाई अगाडि उठान गर्दै अगाडि बढ्यो भने मात्र यो समाज, देश बन्नका लागि एउटा दरिलो खम्बा साबित हुने बताए ।

कार्यक्रममा क्षेत्री समाज वडा कार्यसमिति पोखरा १६ कास्कीका सचिव मनु बसन्तले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्