अटेर गरेका राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले सरकारको निर्देशनसँगै फिर्ता गरे गाडी
  • प्रमुख खबर

Oplus_131072

असोज १२, पोखरा ।।
राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समय प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।

तिमिल्सिनाले बा.सी. २७३८ नम्बरको सो सवारी शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत संघीय संसद् सचिवालयलाई बुझाएको पुष्टि भएको छ ।

हालै सरकारले पूर्व पदाधिकारीहरुलाई उपलब्ध गराएको सवारीसाधन, निवास सुविधा र अन्य स्रोत फिर्ता गर्न निर्देशन दिएपछि तिमिल्सिनाले गाडी बुझाएको उनको भनाइ छ।

उनले संसद सचिवालयको ताकेता हुँदा बेवास्ता गरेपनि, सरकारको औपचारिक निर्देशन आएपछि मात्र गाडी बुझाएको स्रोतले जनाएको छ।

वि. सं.२०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सिना सोही वर्ष सभामुख बनेका थिए। उनले ६ वर्षे कार्यकाल पूरा गरी २०८० साल फागुन २० गते पदमुक्त भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्