शान्ति–सुरक्षाको कारण देखाउँदै युवा संघको र्‍यालीमा प्रशासनको रोक
  • प्रमुख खबर

असोज २४, काठमाडौं ।।
नेकपा एमाले निकट युवा संघले शनिबार राजधानीमा आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली गर्न नपाउने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई भोलि गर्ने भनिएको र्‍यालीलाई रोक लगाएको हो।

प्रशासनले शुक्रबार(आज) सूचना जारी गर्दै शान्ति–सुरक्षाको अवस्था खतरामा पर्न सक्ने भन्दै कुनैपनि र्‍याली तथा सभा आयोजना गर्न अनुमति नदिएको जनाएको छ।

प्रशासनद्वारा जारी विज्ञप्तिमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको अवस्थाले राजधानीको सुरक्षामा थप चुनौती थपिएको भनिएको छ। जसकारण
शान्ति–सुरक्षाको स्थिति सुदृढ पार्दै सेवा प्रवाह सुचारु गर्नका लागि विभिन्न समूहबाट हुने भनिएका र्‍याली, जुलुस वा प्रदर्शनमा स्वीकृति नदिने निर्णय गरेको जनाएको छ ।

त्यस्तै पूर्व स्वीकृति विना कुनै पनि सभा वा प्रदर्शन नगर्न पनि जिल्ला प्रशासनले सबै पक्षलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्