असोज २८, जनकपुर ।।
मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले मंगलबार(आज) नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।
प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दाबी पेश गर्न आह्वान गरेकी छन् ।
मधेश प्रदेश सभामा कुल १०७ सदस्य छन्। सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्नेछ।
मधेश प्रदेश सभामा नेपाली कांग्रेस २२, नेकपा (एमाले) २५, जनता समाजवादी पार्टी (जसपा), नेपाल : १९, जनमत पार्टी १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल ९, नेकपा (एकीकृत समाजवादी) ७,
नेकपा (माओवादी केन्द्र) ९, नेकपा (एकीकृत समाजवादी) ७, नेपाल संघीय समाजवादी पार्टी १ र नागरिक उन्मुक्ति पार्टी १ गरी गरी १०७ जना सदस्य छन् ।
मुख्यमन्त्री सिंहले आफूलाई पाएको समर्थन गुमाएपछि आज पदत्याग गरेका हुन्। उनको राजीनामा स्वीकृत भएसँगै मधेशमा नयाँ राजनीतिक संयोजन र सत्ता समीकरणका प्रयास तीव्र हुने अनुमान गरिएको छ।










