कात्तिक ०१, पोखरा ।।
आज देशभरको मौसम सफा रहेको छ । कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहने अनुमान छ । आज राति पनि देशभरको मौसम सफा रहनेछ ।









