जाडो सुरू भएसँगै सरकारी कार्यालयको कार्यसमय छोट्याइयो
  • प्रमुख खबर

कार्तिक १६, काठमाडौं ।।
सरकारी कार्यालयको कार्यसमय आइतबार(आज) देखि एक घण्टा घटाइएको छ। सरकारका अनुसार आजको मितिदेखि माघ १५ गतेसम्मको लागि यो नयाँ समय लागू हुनेछ ।

केही महिनाको लागि सरकारले कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म छुट्याएको छ।

यसअघि अन्य महिनामा कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहने व्यवस्था थियो। तर जाडो मौसमलाई ध्यानमा राख्दै यस समय दिन छोटो हुने भएकोले कार्यसमय एक घण्टा घटाइएको हो।

शुक्रबारको कार्यसमय भने यथावत् अर्थात बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्