ओलीलाई बाहिर जान रोक लगाएसँगै पोखरामा हुने भनिएको एमालेको ११औँ महाधिवेशन काठमाडौंमा हुने
  • प्रमुख खबर

कार्तिक १६, काठमाडौं ।।
पोखरामा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अब काठमाडौँमा हुने भएको छ।

जेनजी आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका बाहिर जान नदिने निर्णय गरेपछि एमालेले महाधिवेशन स्थल परिवर्तन गरेको हो।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा शनिबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन पोखरा नभई काठमाडौंमा गर्ने निर्णय गरेको एमाले उप-महासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यसअघि असोज २९ देखि ३१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तर परिस्थितिको बदलिँदो राजनीतिक अवस्थाका कारण अब त्यो कार्यक्रम राजधानीमै हुने भएको हो।

यसअघि एमालेले नवौं महाधिवेशन पनि काठमाडौँ सम्पन्न गरेको थियो भने दसौं महाधिवेशन मंसिरमा चितवनमा सम्पन्न गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्