कार्तिक १८, काठमाडौं ।।
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक मंगलबार(आज) बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने माओवादीका नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्।
उनका अनुसार बैठकको मुख्य एजेन्डा नेकपा एकीकृत समाजवादीसहित नौ दलीय एकता सहमति अनुमोदन गर्नु हो। यसअघि सम्पन्न सचिवालय बैठकले निर्णय गरेका प्रस्तावहरू पनि आजको बैठकबाट पारित गरिनेछ।
नेता गजुरेलले भने, “बैठकमा नेताहरूलाई छुट्टै बोल्ने समय दिइएको छैन, केन्द्रीय एजेन्डा नै एकता सहमति र सचिवालयका निर्णय अनुमोदन हो,”।
पार्टी एकता घोषणा भने कात्तिक १९ गते दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी भएको उनले बताए। सो अवसरमा नौ वाम दलबीचको औपचारिक एकता सार्वजनिक गरिनेछ।










