भृकुटीमण्डपमा ऐतिहासिक घोषणा, नौ वामपन्थी दल अब एउटै झण्डामुनि
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १९, काठमाडौं ।।
लामो समयदेखि चल्दै आएको वाम एकताको प्रयासले बुधबार(आज) पूर्णता पाएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित अन्य नौ वामपन्थी दलहरूबीच एकताले आज औपचारिक रूपमा पूर्णता पाएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित भव्य सम्महरोहका बीच पार्टी एकता भएको हो ।

यस वाम एकतामा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादी, सुवासराज काफ्ले नेतृत्वको समाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत कम्युनिस्ट घटकहरू छन्।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति गठन गर्ने तथा निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय भएका छन् ।

पार्टी एकताको विपक्षमा रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनाल समेत सो एकता घोषणा कार्यक्रममा उपस्थिती भएका थिए । तर, यता माओवादीभित्रको केही नेता भने यसको समर्थनमा छैनन् ।

विषेशगरी माओवादीका नेता जनार्दन शर्मा समूहले यसको विरोध गर्दै छुट्टै अभियान सञ्चालन गर्ने घोषणा गरिसकेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्