कार्तिक २०, काठमाडौं ।।
विभिन्न वामपन्थी दलहरू एकीकृत भई बनेको नयाँ राजनीतिक शक्ति “नेपाल कम्युनिस्ट पार्टी”ले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नवगठित दलको निवेदन अहिले प्रक्रिया अन्तर्गत रहेको र छलफलपछि निर्णय हुने जनाएको छ।
नयाँ पार्टीमा नेकपा माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी) सहित ९ वटा वाम दल र समूह समावेश छन्।
ती घटकबीच हिजो भएको एकता घोषणापछि आयोगमा दल दर्ताको औपचारिक निवेदन दर्ता गरिएको हो।
नवगठित दलले आफ्नो चुनाव चिन्हको रूपमा पाँच कुने तरा रोजेको छ। यससँगै अहिले निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्रको पर्खाइमा रहेका राजनीतिक दलहरूको संख्या १८ पुगेको छ।
आयोगका अनुसार हालसम्म १ सय २५ दल आधिकारिक रूपमा दर्ता भइसकेका छन्।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दलहरूले कात्तिक ३० गतेभित्र दर्ता निवेदन पेश गर्नुपर्नेछ।










