साइबर ब्युरोमा बालेनविरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले दियो उजुरी
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २०, काठमाडौं ।।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपाल ले साइबर ब्युरोमा उजुरी दिएको छ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एक विवादास्पद स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले बिहीबार(आज) साइबर ब्युरो पुगेर औपचारिक उजुरी दर्ता प्रक्रिया सुरु गरेको हो।

युवा संघका केन्द्रीय नेताहरूको टोली साइबर ब्युरो पुगेर उजुरी दर्ता गरेका थिए।

उनीहरूले मेयर शाहले सार्वजनिक व्यक्ति भएरपनि मर्यादाविपरीत वक्तव्य दिएको र दलहरूमाथि अपमानजनक अभिव्यक्ति प्रयोग गरेको आरोप लगाएका छन्।

मेयर शाहले कात्तिक १६ गते मध्यराति सामाजिक सञ्जालमा आपत्तिजनक शब्द प्रयोग गर्दै एउटा स्टाटस लेखेका थिए ।

उक्त पोस्टमा धेरै समर्थन भन्दापनि विरोध गरेपछि उनले केही समयमै आफ्नो आधिकारिक पेजबाट हटाएका थिए । तर त्यसअघि नै उक्त सामग्री व्यापक रूपमा भाइरल बनेको थियो।

यस घटनालाई सामाजिक सञ्जालमा शाहका समर्थक र विरोधीबीच तीव्र बहस चलेको छ। केहीले बालेनको अभिव्यक्तिलाई “राजनीतिक हस्तक्षेप विरुद्ध स्वतन्त्र आवाज” भन्दै समर्थन गरेका छन् भने कतिपयले “जनप्रतिनिधिको जिम्मेवार पदमा भएरपनि तुच्छ व्यवहार” भनेर आलोचना गरेका छन्।

यसअघि पनि मेयर शाहका सामाजिक सञ्जालका अभिव्यक्तिहरू विवादमा परेका छन्। तर यसपटक उनीविरुद्ध राजनीतिक संगठनमार्फत औपचारिक कानुनी उजुरी परेको यो पहिलो घटना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्