‘मातृभूमि जागरण’ बाट नेकपासम्म: भीम रावलको नयाँ राजनीतिक यात्रा सुरु
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २६, काठमाडौं ।।
नेकपा एमाले छोडेर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

बुधबार(आज) काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहका बीच उनीहरूको पार्टी प्रवेश र एकता घोषणा गरिएको हो।

कार्यक्रम अघि रावल, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालबीच सात बुँदे सहमति भएको थियो।

सो सहमतिपत्रमा प्रचण्ड, नेपाल र रावलको हस्ताक्षर रहेको छ। हस्ताक्षर सम्पन्न भएलगत्तै सभा गृहमा आयोजित कार्यक्रममा एकता घोषणा गरिँदै रावल र यादवलाई नेकपामा स्वागत गरिएको हो।

यस एकतालाई नेताहरूले कम्युनिस्ट आन्दोलन सुदृढ बनाउने ऐतिहासिक कदम भन्दै स्वागत गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्