मङ्सिर ४,काठमाडौँ
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। आफ्ना बाबु दुर्गा प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उनका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए।
न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ तथा थुनामा राखिएको कारण पेश गर्न निर्देशन दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। हाल उनी जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका छन्।









