विश्व कराते च्याम्पियनसिपमा नेपालको पहिलो उपस्थिति, दुई खेलाडीले देशको प्रतिनिधित्व गर्दै
  • प्रमुख खबर

मंसिर ५, काठमाडौं।।
सिनियर विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली इजिप्टको काइरो प्रस्थान गर्ने भएका छन्।

आगामी नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको काइरोमा हुने यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

नेपालबाट एरिका गुरुङ ६८ केजीमाथिको कुमितेमा प्रतिस्पर्धा गर्नेछिन् भने सानुमाया थिङ एकल कातामा सहभागी हुनेछिन्।

यस प्रतियोगितामा नेपालले पहिलो पटक सहभागी हुने अवसर प्राप्त गरेको हो । २ सय १ राष्ट्रहरू मध्येबाट प्रत्येक बिधामा मात्र ३२ खेलाडी छनोट हुने यस प्रतिष्ठित प्रतियोगितामा यी दुई खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै छन् ।

प्रशिक्षकहरू कुशल श्रेष्ठ र माण्डे काजी श्रेष्ठ छन् भने टिम व्यवस्थापनको जिम्मा रवि महर्जनले सम्हालेका छन् ।

यस्तै अफिसियल टोलीमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कोषाध्यक्ष कृष्णप्रसाद गौतम छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले एक समारोहमार्फत टोलीलाई विदाई गरे।

घिसिङले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्षमता देखाउने अवसरका रूपमा यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्