जसपामा एकता संकट: शीर्ष नेताहरूको फरक लाइनले पार्टीभित्रै फुटको सम्भावना
  • प्रमुख खबर

Oplus_131072

मंसिर ७, काठमाडौं ।।
अध्यक्ष अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले अन्ततः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको एकताको विषयमा पूर्णविराम लागेको घोषणा गरेको छ।

पटक–पटक बसेका वार्ताले सहमति नजुटाएपछि अब एकता नहुने पक्का भएको जसपाका उप-महासचिव प्रदीप यादवले स्पष्ट पारे।

यादवले भने, “पार्टीको औपचारिक निर्णय भइसकेको छ, नेकपासँग एकता हुँदैन। तर व्यक्तिगतरूपमा कोही जान चाह्यो भने त्यो उनीहरूको निर्णय हो।”

यस विषयलाई लिएर जसपा भित्र पनि फरक मत छ। वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरु चुपचाप नेकपा प्रवेशको तयारीमा जुटिरहेका छन्।

श्रेष्ठले मंसिर १० गते नै ‘बृहत् कार्यक्रम’ मार्फत नेकपामा प्रवेश गर्ने योजना बनाएको एक उच्च स्रोतले बताएको छ।

जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले भने नेकपासँग छलफल अघि बढिरहेको र सबै ठीक भयो भने मंसिर १० मै एकता घोषणा सम्भव रहेको बताए। तर नेता श्रेष्ठ भने अझै पनि पार्टी बैठक बोलाएर आधिकारिक निर्णय गर्नुपर्ने अडानमा छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्