प्रतिनिधिसभा चुनावको लागि दल दर्ताको समय आज अन्तिम, हालसम्म १०८ दल दर्ता
  • प्रमुख खबर

Oplus_131072

मंसिर १४, काठमाडौं ।।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि खुला गरेको दर्ता प्रक्रिया आइतबार(आज) अन्तिम चरणमा पुगेको छ।

मंसिर १ देखि १० गतेसम्म तोकिएको दल दर्ताको समयसीमा आयोगले चार दिन थप गरेपछि आज अन्तिम दिन पुगेको हो।

आयोगका अनुसार शुक्रबारसम्म देशभरका १ सय ८ राजनीतिक दलले चुनावी प्रतिस्पर्धाका लागि औपचारिक रूपमा नाम दर्ता गराइसकेका छन्।

यस सूचीमा नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूला र स्थापित दलदेखि नयाँ तथा उदयमान दलहरूसम्म समेटिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, “आज अन्तिम दिन भएकाले अझै केही दल थपिने सम्भावना कायमै छ।”

आयोगमा दर्ता भएका सबै दलहरूले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

दल दर्ताको यो उच्च सङ्ख्याले आगामी निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने संकेत गरेको विश्लेषकहरूले बताएका छन्। मतदाताका लागि पनि यसले विकल्पको दायरा फराकिलो बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्