चर्चा कमाउँदै सुरज आचार्यको नयाँ दोहोरी गीत ‘हेर्छु तिमीति‍र’
  • प्रमुख खबर

मङ्सिर २५, पोखरा

लोकप्रिय गायक तथा सञ्चारकर्मी सुरज आचार्यको प्रस्तुतिमा तयार भएको नयाँ दोहोरी गीत ‘हेर्छु तिमीति‍र’ सार्वजनिक भएको केही दिनमै दर्शक–श्रोता बीच उच्च चर्चा कमाउँदै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। गीतलाई केही साताअघि ईश्वर सिंहको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

पोखरामा बसेर लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेका आचार्य पछिल्लो समय गीत–संगीतमा समेत सफल गायक र सर्जकका रूपमा स्थापित हुँदै आएका छन्। ‘आमा’ गीतबाट संगीत यात्रा सुरु गरेका उनले पछिल्ला वर्षमा निरन्तर रूपमा प्रभावशाली सिर्जना पेस गर्दै आएका छन्।

यस गीतमा सुरज आचार्यसँगै शान्तिश्री परियारले स्वरमा साथ दिएकि छिन् ।गीतका शब्द– दीपक अधिकारी, संगीत– ईश्वर सिंह, एरेन्ज– कृष्ण के.सी.रेकर्डिङ– सुमन राना र खुमन राना, मिक्स–मास्टरिङ– कुमार राना।गीत स्टुडियो मारुनीमा रेकर्ड गरिएको हो।

गीतको सरल तर सुगम धुन, भावना बोकेको प्रस्तुतीकरण र आकर्षक निर्माणशैलीले श्रोता–दर्शकलाई विशेष रूपमा तानेको छ। भिडियोमा कलाकारहरूले दिएको योगदानले गीतलाई अझ सशक्त बनाएको छ।

भिडियोलाई आचार्यकी जीवनसाथी अस्मीता गौतम र सुरेश कोहलीले अभिनयमार्फत जीवन्त बनाएका छन्। छायांकन राजेश घिमिरे, सम्पादन तथा रंग संयोजन अमृत चापागाईं, र कोरियोग्राफी तथा निर्देशन प्रविन थापाले सम्हालेका छन्।

दर्शक–श्रोताबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै ‘हेर्छु तिमीति‍र’ हालैका दिनमा सर्वाधिक मन पराइएको दोहोरी गीतमध्ये एक बन्दै गएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्