पश्चिमी वायुको प्रभावका उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
  • प्रमुख खबर

Oplus_131072

पौष १४, पोखरा।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज पनि तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहेको छ ।  विषेशगरी आज पहाडी तथा हिमाली भू-भागमा आंशिक रूपमा मौसम बदली रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो केही दिन यता तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले त्यहाँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव परेको छ।

यस्तै पोखरामा पनि केही दिन यता चिसो निकै बढेको छ । बिहान र बेलुकी चिसो बढे पनि दिउँसोको समयमा घाम लागेको हुँदा यसले जनजीवनमा सहज नै भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्