फागुन २२, रूकुम ।।
रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित लगभग सुनिश्चित भएको छ। हालसम्मको मतगणनाले उनको स्पष्ट अग्रतामा देखिएको छ।
हालसम्म १५ हजार ८ सय २३ मत गणना हुँदा प्रचण्डले ८ हजार ७ सय ४७ मत प्राप्त गरेका छन्। यो मतसंख्या उनका प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेकाले उनको जित लगभग पक्का भएको हो।
यस क्षेत्रमा उनलाई पछ्याइरहेका नेकपा एमाले उम्मेदवार लालीम गौतमले जम्मा ३ हजार १७ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापाले २ हजार ४ सय ७७ मत ल्याएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार लखन कुमार थापाले मात्र ७ सय १२ मत पाएका छन् ।
रुकुमपूर्वम कुल १९ हजार १ सय ६ मत खसेकोमा हालसम्म १५ हजार ८ सय २३ मत गणना भइसकेको छ। बाँकी मत गणना हुँदा पनि प्रचण्डको अग्रता ठूलो भएकाले उनको जित सुनिश्चितजस्तै देखिएको हो ।










