सुनको भाउ एकैदिन तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
  • प्रमुख खबर

कार्तिक १३,काठमाडौँ।।

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। बिहीबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार एकैदिन ३ हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔंस ४ हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्