जेनजी आन्दोलन प्रतिवेदनपछि पहिलो मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु
  • प्रमुख खबर

चैत्र १,काठमाडौँ।।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिदेखि बैठक जारी रहेको छ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। उक्त प्रतिवेदन सरकारलाई बुझाइएको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न पक्षबाट दबाब बढ्दै गएको छ। सरकारको आगामी निर्णय र प्रतिवेदन सार्वजनिक गर्ने विषयमा यस बैठकले महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्