रातो नम्बर प्लेटका बाइक/स्कुटरबाट राइड सेयरिङ बन्द, अब कालो प्लेट अनिवार्य
  • प्रमुख खबर

जेठ १६,काठमाडौँ।।

सरकारले ल्याएको नयाँ आर्थिक ऐनसँगै रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले अब राइड सेयरिङ सेवा दिन नपाउने भएका छन्।

यसपटकदेखि दुई पाङ्ग्रे सवारी साधनलाई समेत भाडाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको छ। यस्तो दर्ता गरिएका सवारी साधनलाई यातायात ऐन २०४९ अनुसार कालो नम्बर प्लेट प्रदान गरिनेछ।

नयाँ व्यवस्थाअनुसार राइड सेयरिङमा प्रयोग हुने सबै मोटरसाइकल तथा स्कुटर अनिवार्य रूपमा कालो नम्बर प्लेटमा दर्ता हुनुपर्नेछ। हालसम्म भने रातो नम्बर प्लेट भएका निजी सवारी साधनबाटै राइड सेयरिङ सेवा सञ्चालन हुँदै आएको थियो।

यससँगै सरकारले दर्ता भएका दुईपाङ्ग्रे सवारी साधनबाट वार्षिक आयकर असुल गर्ने व्यवस्था पनि गरेको छ, जसअनुसार अहिलेका लागि ३ हजार रुपैयाँ कर तोकिएको छ।

त्यस्तै, राइड सेयरिङबाट हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था समेत लागू गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्