महानगर र जग्गाधनीबीच जुट्यो समझदारी, बसपार्क निर्माणकका लागि भयो मार्ग प्रशस्त
  • प्रमुख खबर

Oplus_131072

जेठ २५, पोखरा ।।
पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित गर्न महानगरपालिकाले गरेको प्रयासले महत्वपूर्ण सफलता हासिल गरेको छ।

बसपार्क क्षेत्रको व्यवस्थापन तथा निर्माण कार्यलाई लिएर उच्च अदालत पोखरामा कानुनी चुनौती दिँदै २९ जना जग्गाधनीले दिएको रिट निवेदन सोमबार(आज) फिर्ता लिन सहमति जनाएका छन् ।

बसपार्क क्षेत्रभित्र रहेका संरचना हटाउने महानगरपालिकाको निर्णय विरुद्ध श्यामकृष्ण बास्तोला, अनुजकुमार बास्तोला, युगेनदेवी श्रेष्ठ पालिखे, भाष्करदेव पालिखे, रजनी पालिखे, देवेन्द्र कायस्थलगायतका जग्गाधनी अदालत पुगेका थिए।

यस विषयमा परेको रिट उपर उच्च अदालत पोखराले जेठ २२ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर छलफलअघि नै जेठ २५ गते जग्गाधनी र पोखरा महानगरपालिकाबीच सहमति भएपछि रिट फिर्ता लिने समझदारी बनेको हो ।

महानगरले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरा बसपार्कको उत्तरी क्षेत्रका जग्गाधनी र आफूहरूबीच त्यहाँका जग्गालाई लिएर सहमति भएको जनाएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्