जेठ २५,काठमाडौँ।।
सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोको आधारमा ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी साधन चलाएको आरोपमा माननीय हर्कराज राई (हर्क साम्पाङ) माथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक रूपमा आएको प्रमाण तथा सूचनाको अध्ययनपछि सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गरी प्रचलित कानुन अनुसार प्रक्रिया अगाडि बढाइएको हो।
नेपाल प्रहरीले सबै चालक, सहचालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सुरक्षित र जिम्मेवार व्यवहार देखाउन पुनः आग्रह गरेको छ। साथै, ट्राफिक नियमविपरीत गतिविधि नगर्न/नगराउन सबैमा सचेतना अपनाउन अनुरोध गरिएको छ।










