दार्चुलामाथि भारतीय सेनाको हेलिकप्टर उडेको विषयमा उठ्यो संसद्मा प्रश्न
  • प्रमुख खबर

Oplus_131072

आषाढ १, काठमाडौं ।।
प्रतिनिधिसभाको बैठकमा भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय उठेको छ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले यो विषय संसद् बैठकमा उठाएका हुन् ।

भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका कुनै प्रमुख व्यक्ति सवार रहेको भनेर उनले यो विषय संसद्मा राखेका हुन् । यसबारेमा उनले सरकारसँग जवाफ पनि मागेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्