परराष्ट्रमन्त्री शिशिर खनाल र वाङ यीबीच आज द्विपक्षीय वार्ता हुँदै
  • प्रमुख खबर

Oplus_131072

अषाढ १, काठमाडौं ।।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता हुँदैछ ।

चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी यीबीच सोमबार(आज) वार्ता हुने भएको हो । वार्ता आज अपराह्न ५ बजेर ४५ मिनेटमा हुनेछ ।

विषेशगरी आज हुने द्विपक्षीय वार्तामा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका रहेको छ ।

उनी चीनको विदेश मामिला मन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् ।

आइतबार उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रममा सहभागी समेत भएका थिए । परराष्ट्र मन्त्री खनाल चीन भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्