सुनको मूल्य बढ्यो, तोलाको २ लाख ८४ हजारमा कारोबार
  • प्रमुख खबर

साउन ०३, काठमाडौं ।।

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार र चाँदी तोलाको चार हजार २४० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार सुन तोलामा दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्