कास्की प्रहरीको अपरेशन ३६५ जारी: स्वरूप परिवर्तन गरेका थप ३३ मोटरसाइकल नियन्त्रणमा
  • प्रमुख खबर

साउन ८, पोखरा ।।
अप्रेशन ३६५ अभियानका क्रममा कास्की प्रहरीले थप ३३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । प्रहरीले गएराती पोखराका विभिन्न ठाउँबाट चेक जाँचका क्रममा ध्वनी प्रदुषण गर्ने ति सवारीसाधनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ती सवारीसाधनहरु महेन्द्रपुल, नयाँबजार क्षेत्रबाट २ वटा वडा प्रहरी कार्यालय, बैदामले लेकसाईड, सृजनाचोक,राष्ट्रबैंकचोकबाट १० वटा र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले तालचोक, गगनगौडा क्षेत्रबाट २ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बाग्लुङ बसपार्क, बिन्ध्याबासिनी, नदिपुरबाट १४ वटा ,वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अम्मरसिंहचोक, हस्पिटल चोक, बुद्धचोक क्षेत्रबाट ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको प्रवक्ता पासवानले बताए ।

हालसम्म स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गराउने ७७३ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिइ कारवार्ही गरिएको कास्की प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्