रसुवाको बाढीमा सम्पर्कविहीन भएका ८२६ जनाको खोजी जारी, अहिलेसम्म १६५ जनाको शव भेटियो
  • प्रमुख खबर

Oplus_131072

भदौ ११, रसुवा ।।
रसुवामा बुधबार बिहान गएको बाढीका कारण सम्पर्कविहीन भएका ८२६ जनाको खोजी भैरहेको सरकारले जनाएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार अहिलेसम्म १६५ जनाको शव भेटिएको छ भने सम्पर्कविहीन भएका ८२६ मध्ये ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् । रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन रहेको समेत प्राधिकरणले जनाएको छ ।

यस्तै सो बाढीका कारण व्यक्तिगत रूपमा गोसाईँकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् । रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक–सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन् ।

टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन नसकेको प्राधिकरणले जनाएको छ।
यस्तै बाढीबाट घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा अहिले उपचार समेत भैरहेको छ । त्यस्तै अहिलेसम्म २३९ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्