रसुवा बाढीले पारेको प्रभावबारे अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन
  • प्रमुख खबर

Oplus_131072

भदौ २४, काठमाडौं ।।
रसुवा बाढीले पारेको प्रभावबारे अध्ययन गर्न उपसमिति गठन भएको छ । बुधबार(आज)सिंहदरबारमा बसेकाे बैठकले बाढीले पारेको प्रभावबारे अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक छन् ।

प्रतिनिधिसभाअन्तर्गतकाे यस अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढी र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिइएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्