विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
  • प्रमुख खबर

भदौ २५,काठमाडौं।।

उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले हालै संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले कडा आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको समेत ध्यानाकर्षण गराएका थिए।

विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवमाथि चौतर्फी दबाब बढ्दै गएको थियो। यही विवाद र बढ्दो दबाबबीच उनले पदबाट राजीनामा दिने निर्णय गरेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्