पोखरा, २० फाल्गुन ।।
आज दिऊसो हावाहुरीका कारण पोखराको फेवातालमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ । शनिबार साढे ४ बजेको समयमा चलेको हावाहुरीले तालमा डुंगा पल्टिएको थियो । डुंगा पल्टिदा पोखरा १ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तालमा डुंगा पल्टिए पछि शसस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । घाइतेको उद्धार पश्चात गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।
अर्को डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल शसस्त्र प्रहरीले उद्धार गरेको थियो ।












