रमाकान्त बास्तोला
नेपाल कम्युनिस्ट पार्टी कास्कीले एक दिने जिल्ला स्तरीय राजनैतिक, बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा कास्कीले आज सोमबार पोखराको सहिद चोक स्थित सहिद स्मृति हलमा पार्टी केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल `शिलु´को प्रमुख आतिथ्यतामा पछिल्लो राजनैतिक घटनाक्रम, पार्टीको कार्यनिति, कार्यदीशा र हालसालै सम्पन्न भएको ११ औं पुर्ण बैठकको निति जानकारी गराउने उद्देश्य सहित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कास्की जिल्लाका बिभिन्न तहमा कार्यरत नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा सञ्चालन भएको उत्त प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल `शिलु´ ले सहभागी प्रशिक्ष्यार्थिलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण दिने क्रममा उहाँले “हरेक कुरा सिक्न जरुरी रहेको साथै आफ्नो बर्गपक्षधरतालाई दर्हो संग पकडेर समाजवादी क्रान्तिलाई अघि बढाई बैज्ञानिक समाजवादी ब्यवस्था प्राप्तिका लागी सबैले पहल गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । यस्तै उहाँले अहिलेका सत्ताधारी दलहरु र यो ब्यवस्थाको वरीपरी रहेकाहरु समाजवादको आत्मा बोकेर पुँजीवादलाई टिकाईरहेको र यसले अन्ततः दलाल पुजीवादलाई नै पक्षपोषण गरेको” बताउनुभयो ।
यस्तै प्रशिक्षणकै क्रममा आँफुहरुले यो ब्यवस्थाको बिकल्पमा प्रगतिशील संयुक्त सरकार बिकल्पका रुपमा अघि सारेको र त्यसका लागी अहिले चलीरहेको दलाल पुँजीवादी संसदीय ब्यवस्था की बैज्ञानिक समाजवादी ब्यवस्था बिच जनमत संग्रह
गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताउनु भयो भने बैज्ञानिक समाजवादी ब्यवस्थाका बारेमा थप उल्लेख गर्नुभएको थियो ।
हालसालै पार्टीले सरकार संग गरेको तिन बुँदे सहमति र बाहीर आएको भ्रमका बारेका पनि उल्लेख गर्दै भुजेलले तिन बुँदे सहमति राज्यको बाध्यता र आबश्यकता रहेको र आफ्नो पार्टीले सचेतता अपनाएको बताउनु भएको थियो ।
यस्तै प्रशिक्षण कार्यक्रमलाई बिशेष कमिटी सदस्य प्रकाशले पनि प्रशिक्षणको अर्थ र आवश्यकतालाई प्रष्ट्याउनु भएको थियो । कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीको अध्यक्षतामा भएको उत्त कार्यक्रमको स्वागत मन्तब्य पोखरा नगर कमिटी सद्स्य बद्री अधिकारीले राख्नुभएको थियो भने कार्यक्रम संचालन जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङले गर्नुभएको हो ।