नेकपा एमालेको १० औ कास्की जिल्ला अधिवेशनमा
भूगोल तर्फबाट खुल्ला सदस्य पदमा गंगा बहादुर के. सी ले उमेदवारी दिनु भएको छ ।
“कम्युनिस्ट आन्दोलन, बिचार र इतिहासको रक्षा गरौं
अधिबेशन मार्फत सहि नेतृत्व चयन गरौ” भन्ने नारालाई उद्घघोस गर्दै कम्युनिस्ट आन्दोलनका सतिसाल, आफ्नो सम्पुर्ण जीवन र समय पार्टी राजनीतिमानै समर्पित गर्दै विभिन्न आरोह अबरोहको सामना गर्दै आउनु भएका के. सी पोखरा वडा न. २० भलाम निबासी हुनुहुन्छ । राजनीती सहि तरीकाले गर्नु पर्छ आसा भरोसा र प्रलोभनमा कहिले पर्न हुन भन्दै आफु अगाडी लागेको बताउनु हुन्छ ।
अहिलेको दसौं जिल्ला अधिबेशनमा आफनो अमुल्य मत प्रदान गरी बिजयी गराइदिनु हुन आदरणीय प्रतिनिधि, आयोजक कमरेड हरुमा हार्दिक अनुरोध समेत गर्नु भएको छ ।