संसदमा एमसीसी पास गर्ने षडयन्त्रको विरुद्ध विप्लवसहित ६ पार्टीद्धारा सोमबार नेपाल बन्दको घोषणा
  • प्रमुख खबर

नेपाल कम्युनिष्ट पार्टी सहित ६ दल र २ मोर्चाले राष्ट्रघाती सम्झौता अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै भोलि सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका ६ कम्युनिष्ट पार्टीले भोलि नेपाल बन्दको घोषण गरेका हुन। जसमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, माके (समाजवादी )तथा राष्ट्रिय जनमोर्चा र देजमो नेपाल रहेका छन् । विप्लव नेकपा सहित ६ कम्युनिष्ट पार्टीले विगतदेखिनै एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा–गर्दै समेत देउवा सरकारले राष्ट्रको हितविपरित एमसीसीलाई रातारात पारित गर्ने षडयन्त्र गरिरहेको भन्दै त्यस विरुद्ध नेपाल बन्दको आव्हान गर्नुपरेको नेपाल कम्युनिष्ट पार्टी विप्लवका कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले जानकारी दिएका छन् । नेपाल बन्दमा कुनै पनि कार्यालय, विद्यालय, संघ–संस्था र व्यापार–व्यवसाय संचालन गर्न नदिईने पनि उनले बताएका छन् ।

त्यस्तै पराजुलीले अत्यावश्यक कामको लागि प्रयोग गरिने सवारीसाधन एम्बुलेन्स, दमकल, दुध बोक्ने, पानी बोक्ने गाडीलाई भने संचालन गर्न दिईने पनि बताएका छन् । उनले राष्ट्रघाती सम्झौता एमसीसीको विरोधमा आयोजना गरिएको नेपाल बन्दलाई पुरै तागतका साथ सफल पार्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नका निम्ति अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्