पोखरा महानगरपालिका वडा न ३२ निवासी एक दम्पतीले आफ्नी छोरिको जन्मदिनको अबसरमा उनलाइ बिमा पोलिसी उपहार प्रदान गरेका छ्न।
दिपक प्रसाद धमला र मिना धमलाले आफ्नी छोरी कृति धमला दुई बर्ष पूरा गरि तीन बर्ष प्रबेश गरेको अबसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बाल बचत बिमा योजना अन्तर्गत पाँच लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेका हुन । धमला दम्पतीले आफुहरुले फजुल खर्च कटाएर छोरिको समुज्जल भबिस्यको लागि बिस बर्से अबधिको लागि सो पोलिसी खरिद गरेको बताए। उनिहरुले आफ्ना छोरा छोरिको सुरक्षीत जिबनको लागि जीवन बिमा गर्नु पर्ने जिकिर गर्दै उक्त कार्यमा सरिक हुन स्थानियलाई आग्रह समेत गरे ।
खरिद बिमा पोलिसी हस्तान्तरण गर्दै सो इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले जीवन बिमा सुरक्षित आर्थिक भबिस्यको लागि अबको अनिबार्य आबश्यकता भैसकेको भन्दै सो कार्यमा अग्रसर हुन आभ्हान समेत गरेको उक्त इन्स्योरेन्सको पोखरा शाखा कार्यालयले जानकारी दिएको छ।