समाज सेवामा लागेका युवाहरुद्धारा स्थापना गरिएको संस्था पहिलो पाइला नेपालले पोखरामा युवाहरुलाई लक्षित गर्दै “पोखरा लिडरशिप समिट ” गर्ने भएको छ । युवाहरुको भविष्यलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गर्न लागेको पहिलो पाइला नेपालको पोखरा शाखाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
सम्मेलन यही चैत्र २६ गते हुने भएको छ । एक दिनको सम्मेलन भएतापनि त्यसपश्चात सो कार्यक्रममा उपस्थित युवाहरुको उद्देश्य अनुरुपको अन्य कार्यक्रमहरु अघि बढाउने संस्थाका केन्द्रिय महासचिव सुरज गिरीले जानकारी दिएका छन् । महासचिव गिरीले सो सम्मेलनमा लगभग पाँच सय जनाको सहभागिता गराउने आफुहरुको लक्ष्य भएको र देशका विभिन्न क्षेत्रमा आवद्ध ६ जना सफल र चर्चित व्यक्तिहरु वक्ताका रुपमा रहने पनि बताएका छन् ।
सो कार्यक्रममा वक्ताका रुपमा पुर्व आइजिपि सवेन्द्र खनाल, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, युवा नेतृत्व अब्दुस मिया, प्रकाश तिवारी, सम्रिद्धि राई र सुजिता बस्नेत सहभागी रहने भएका छन् । उक्त सम्मेलनमा सहभागी युवाहरुका लागि विभिन्न १७ वटा विषयहरु राखिएको र जुन युवालाई आफलाईु जे बन्ने इच्छा छ र जुन विषयमा अझ ज्ञान प्राप्त गर्न मन छ त्यसका लागि त्यही अनुरुपको कार्यक्रम तय गर्ने सोही संस्थाका पोखरा शाखाका अध्यक्ष रञ्जित दनैले जानकारी समेत दिएका छन ।