स्वरर्गिय अम्बीका बहादुर क्षेत्री खुल्ला सिनियर जुडो प्रतियोगिता २०७८ का लागि गण्डकी प्रदेशबाट १० जना जुडो खेलका खेलाडीहरु सहभागी हुने भएका छन् । नेपाल जुडो संघको आयोजना र क्षेत्री परिवारको सहयोगमा यही चैत्र २५ देखि २७ गतेसम्म काठ्माण्डौंको नयाँबजार स्थित एमएमएसी को हलमा सो प्रतियोगिता हुने भएको हो । सो प्रतियोगितामा सहभागी हुन यस प्रदेशका जुडो खेलाडीहरु पुरुषतर्फबाट रोयल जुवारचन, किसान गुरुङ्ग, आशिष तामाङ्ग, मनिष परियार, रोशन बर्देवा र महिलातर्फबाट सौमिया तामाङ्ग, सुष्मा चौधरी, पुजा गुरुङ्ग, र्निजला मल्ल र सोनि मगर गरी १० जना छन् भने प्रशिक्षकका रुपमा रबि चौधरी रहेका छन् ।
प्रतियोगितामा सहभागी हुन जाने यी १० खेलाडीहरु आज गण्डकी जुडो संघले एक कार्यक्रमको आयोजना गरी बिधाई गरेको छ । संघका अध्यक्ष रुद्र मल्लको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा अध्यक्ष मल्लले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आफ्नो मनोबल उच्च बनाएर प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । उनले आफुहरुले खेलाडीहरुको विकासका लागि संघले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
खेलाडीहरुले विशेष गरेर कुनै किसिमको तनाव नलिईकन प्रतियोगितामा सहभागी भई यस प्रदेशका लागि सकेको मेडल प्राप्त गर्ने कोसिस गर्नुपर्नेमा जोड दिँदै उनले खेलाडीहरुलाई उनीहरुको पछाडी सिङ्गो एउट दरिलो टिम रहेको पनि बताएका छन् । पछिल्लो समय यस प्रदेशमा जुडो खेललाई हेर्ने दृष्टिकोण आफुले एक्दम राम्रो पाएको समेत जानकारी दिएका छन् । त्यस्तै उनले यस खेललाई गण्डकी प्रदेशमा राम्रोसंग चिनाउनको लागि त्यही अनुरुपको कार्य सम्पादन गर्न विभिन्न योजनाहरु बनाईरहेको पनि स्पष्ट पार्दै खेलाडीहरुलाई उक्त प्रतियोगितामा सफलता प्राप्तिको लागि शुभकामना समेत दिएका छन् । यस्तै सो कार्यक्रमा विशिष्ट अतिथिका रुपमा उपस्थित पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक गोदारले विभिन्न मार्सल आर्टस्का खेलमा आ–आफ्नै शैली हुने तर पदक प्राप्तीका लागि लड्ने विधा भने फरक रहने बताएका छन् । उनले कुनै पनि खेलमा सफलता हासिल गर्नको लागि मनोबल उच्च हुनुपर्ने, अनुशासित रहनुपर्ने र सबैभन्दा ठूलो टेक्निकलाई कुशलता पूर्वक प्रयोग गर्न जान्नुपर्ने पनि बताएका छन् ।
उनले खेलाडीहरुले कुनैपनि प्रतियोगितामा अनुभवको लागि मात्र सहभागीता जनाउने भन्दा पनि खेलाडीले पदकको लागि लड्नुपर्ने समेत स्पष्ट पारेका छन् । आफु महानगर खेलकुदको अध्यक्षको हैसियले यस जुडो खेल विकासका निम्ति सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलाडीहरुलाई शुभकामना पनि दिएका छन् । यस्तै सो कार्यक्रममा संघका उपाध्यक्ष दिल जैसिले समेत प्रतियोगितामा सहभागी जनाउने खेलाडीहरुलाई शुभकामना दिँदै आप्mना भनाईहरु पनि राखेका थिए भने कार्यक्रम संचालन महासचिव निरज पन्तले गरेका छन् ।
१० माघ २०८१, बिहीबार